हेटौँडाः मकवानपुर भीमफेदी गाँउपालिका–८, दोभानमा सिस्नेरी वेस क्याम्पमा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा डँडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदम बहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार बिहान ९ बजेर १५ मिनेटकोे समयमा दोभान स्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा डिउटिमा रहेको समयमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन विजुलीको तारमा पाईपले छुँदा करेन्ट लागेर पदमको घटना स्थलमा नै मृत्यु भएको थियो भने डँडेलधुराको अमरगढि नगरपालिका–२ का लेसनायक २९ वर्षीय विनोद केसि, पाल्पाको रामपुर नगरपालिका–६ का सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरद्धारा आर्मी अस्पताल छाउनी काठमाण्डौ पठाएको र पदमको शव पोष्ट पार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।