सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिका–३ फास्टरका ४६ वर्षीय ठूलोकान्छा चेपाङ मृत भेटिएका छन् ।

गाउँमै घेवामा गएर फर्कने क्रममा शनिबार रातीदेखि सम्पर्कविहिन भएका ठूलोकान्छा आइतबार बिहान १० बजेको समयमा कालीखोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे बुझ्न ईलाका प्रहरी कार्यालय मनहरीबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । ठूलोकान्छाको शव हेटौँडा अस्पतालको शवगृहमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।