सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१० बसपार्कमा बेवारिसे अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका–१० गोपीराङका ४० वर्षीय प्रेम प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बेलुका ७ बजेर ३० मिनेटको समयमा बिरामी अवस्थाका प्रजा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रजालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । प्रजाको आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रजाले अत्यधिक मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।