हेटौँडाः यामाहा नेपालले दसैं लक्षित “बिगेस्ट १०शैँ” अभियानमा बिक्रीको नयाँ रेकर्ड कायम गरेको दावी गरेको छ । विगतका सबै रेकर्डहरू तोड्नेगरी बिक्रीमा भएको यामाहाको दावी छ ।
“बिगेस्ट १०शैँ” अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूले विभिन्न निश्चित क्यासब्याक र उपहारहरू प्राप्त गरेका छन् । अभियान अवधिभर यामाहा बाइक र स्कुटर खरिद गरेका सबै ग्राहकहरू १० लाख रुपैयाँको लक्की ड्रका लागि योग्य भएका छन् । यसबाहेक यामाहाले विशिष्ट मोडलहरूका लागि शुन्य व्याजदरको सुविधा पनि ल्याएको छ । दसैं अफरमा यामाहाले शोरुममा आउने ग्राहकले विशेष उपहारमा आइफोन १६ समेत पाउन सक्ने जनाएको छ ।
नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु राइड्स हो भने हेटौँडामा राज मोटर्सले यामाहाको आधिकारिक बिक्रेताको रुपमा प्रवद्र्धन गर्दै आएको छ । दसैंकै अवसरमा यामाहाले मोटरसाइकलका दुई मोडलहरू एफजेड–भीथ्री डिलक्स र एफजेड–भीथ्री स्ट्यान्डर्डका लागि एफआईमा १० वर्षको वारेन्टी समेत ल्याएको छ । यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले विक्री प्रवद्र्धन भइरहेको सन्दर्भमा खुशी व्यक्त गर्नुहुँदै सफलताको यात्रालाई थप निरन्तरता दिन तत्पर रहेको बताउनुभएको छ ।