हेटौँडाः सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको अन्त्येष्टी गरिएको छ । सोमबार बिहान हेलिकप्टरबाट साइमनसहित हेटौँडा–१२ का अनुपम घलान र बारा जिल्लाको निजगढका विकल रेग्मीको शव हेटौँडा ल्याइएको थियो ।

बिहान खेलकुद विकास समिति मकवानपुरले हुप्रचौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेपछि शव परिवारलाई बुुझाएको थियो । साइमनका परिवारले शव बुझेर मकवानपुरगढी–४, कालिखोलामै सोमबार दिउँसो साइमनको अन्त्येष्टि गरिएको हो । हेटौँडा–१२ का अनुपम घलानको भने आज अन्त्येष्टी गरिने बताइएको छ ।