हेटौँडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख लालित घलानका छोरा अनुपम घलानको अन्त्येष्टी गरिएको छ । शनिबार बिहान मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी पहिरोमा परी अनुपमको मृत्यु भएको थियो ।
अखिल नेपाल फुटबल संघले सञ्चालन गरेको १४ वर्ष उमेर समूहको एकेडेमीमा रहेका अनुपमको बाढीको जोखिमका कारण सुरक्षितस्थानतर्फ जाने क्रममा बाटोमा पहिरोले पुरिएर मृत्यु भएको थियो । अनुपमसहित एकेडेमीका ६ जना किशोरको पहिरोमा परेर मृत्यु भएको थियो । मङ्गलबार बिहान हेटौंडा–१२ पदमपोखरीस्थित आग्राली टोलको सव दाह संस्कारी स्थलमा अनुपमको अन्त्येष्टी गरिएको हो । अनुपम ललित घलानका एक मात्र सन्तान थिए ।
अनुपमसहित मकवानपुरका तीन जनाको मृत्यु भएको हो । मकवानपुरको सिस्नेरीका दिवस बानियाँको काठमाडौंस्थित पशुपति आर्यघाटमै अन्त्येष्टी गरिएको छ भने मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको सोमबार नै अन्त्येष्टी गरिसकेको छ ।