हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित ओम वृद्धाश्रमको अध्यक्षमा पुनः सिद्धिलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न १८ औंं साधारणसभा एवम् छैठौं अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद कँडेल, सचिवमा दीपक सुवेदी, सह–सचिवमा विष्णुलाल श्रेष्ठ र कोषाध्यक्षमा फणिन्द्र तिमल्सिना चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा उत्तम प्रसाद पौडेल, किशोरचन्द्र ढकाल, रुपा ढुङ्गाना र कृष्ण प्रसाद ढुङ्गाना चयन हुनुभएको छ । अधिवेशनले लेखा समितिको संयोजकमा केदारलाल श्रेष्ठ, सदस्यहरुमा राज कुमार रिसाल र शम्भु प्रसाद न्यौपानेलाई चयन गरेको छ ।
नवनिर्वाचित कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ । वृद्धाश्रममा २५ जना वृद्धवृद्धाहरु आश्रित छन् । बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपाने लगायत विभिन्न संघ, संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।