पुरस्कृत गरिए पश्चात तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीले आयोजना गरेको ब्रह्मदिक् डान्सिङ स्टार सिजन ३ को उपाधि अदित गिरीले जित्नुभएको छ । बिहीबार भएको ग्राण्ड फिनालेमा गिरी प्रथम हुनु भएको हो । प्रतियोगितामा सायरा राना मगर द्वितीय र दिसेन लामा तृतीय हुनुभएको छ भने बेष्ट पब्लिक भ्यूअर्सको उपाधि काव्या खड्काले प्राप्त गर्नुभएको छ ।

पहिलो संस्करण र दोश्रो संस्करणको सफलता पश्चात विद्यार्थीको नृत्य प्रतिको अभिरुचीलाई प्रोत्साहन गर्नका निमित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । अडिसन राउन्डमा एक सय ३० जना विद्यार्थी सहभागी भएका थिए । अडिसनमा सहभागी मध्ये २५ जना विद्यार्थीले ग्राण्ड फिनालेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबाबु सापकोटाको सभाध्यक्षता तथा प्रजातान्त्रिक टोल विकास संस्थाकी अध्यक्ष श्वेता कोइरालाको प्रमुख आतिथ्यमा ग्राण्ड फिनाले कार्यक्रम भएको हो ।