हेटौँडाः हेटौँडामा अन्तर्राष्ट्रिय इर्के र पिक ब्राण्डको शोरुम सञ्चालनमा आएको छ । हेटौँडा–१०, राप्तीरोडमा डी नेक्स्ट ड्रेसअपले इर्के र पिक ब्राण्डको स्पोर्टस् वेयर, जुत्ता, व्यागको शोरुम सञ्चालन गरेको हो । मंगलबार बिहान इर्के र पिक ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता जी के इम्पेक्सका रोशन अग्रवाल र डी नेक्स्ट ड्रेसअपका सञ्चालक राजक शाहीले संयुक्तरुपमा शोरुमको उद्घाटन गर्नुभयो ।
हेटौँडाका सर्वसाधारणमा गुणस्तरीय वस्तुप्रति बढ्दो आकर्षणलाई लक्षित गरी अन्तर्राष्ट्रिय ब्राण्डको शोरुम सञ्चालन गरेको शाहीको भनाइ छ । इर्के र पिक ब्राण्डका स्पोर्टस् वेयरहरु मध्यम मूल्यका भएकोले हेटौँडाका उपभोक्ताले खरिद गर्न सक्ने शाहीले जानकारी दिनुभयो । इर्के र पिक ब्राण्डको नेपालका लागि एउटै आधिकारिक बिक्रेता भएकोले शोरुम पनि एउटै राखिएको बताइएको छ ।
शोरुम उद्घाटनको अवसर पारेर एक साताका लागि २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । यसअघि १४ वर्षदेखि डी नेक्स्ट ड्रेसअप साधारण फेन्सी पसलको रुपमा रहेको थियो ।