हेटौंडा उपमहानगरपालिका ।

हेटौंडाः हेटौैंडा उपमहानगरपालिकाको शुक्रबार बसेको विशेष नगरसभा अर्को मिति तय गरेर स्थगित भएको छ। करको दर संशोधन गर्नेगरी आव्हान गरिएको विशेष नगर सभा आगामी असोज १५ गते बस्ने गरी शुक्रबार स्थगित भएको छ ।

हेटौंडा नगरपालिकाको प्रवक्ता एवम् हेटौंडा(१ का वडाध्यक्ष सविन न्यौपानेले शुक्रबारको विशेष नगरसभामा अरु कुनै निर्णय नभएको बताउनुभयोे । उहाँका अनुसार नगरसभालाई कानुन सम्मत अगाडि बढाउने गरी यसको दोस्रोे सभा असोज १५ गतेलाई आह्वान गरेर शुक्रबारको सभा स्थगित भएको छ । नगरसभामा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि कायम गरेको राजस्वको दरबारे भने कुनै निर्णय गरेन । करका विषयमा अब अध्ययन हुने र दोस्रो सभामा त्यसको एजेण्डा के आउँछ त्यतिखेर नै प्रस्तुत हुने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

१ महिना अगाडि नगरवासी र व्यवसायीले चालु आर्थिक वर्षको करको दरको विरोध जनाउनुका साथै विशेष नगर सभा बोलाउन माग गरेपछि गत मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले शुक्रबारका लागि विशेष नगर सभा आह्वान गरेको थियो ।

शुक्रबारको विशेष नगर सभामा बहुमत सदस्यहरुको तर्फबाट हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल र नगरपालिकाको प्रवक्ता एवम् हेटौंडा–१ का वडाध्यक्ष न्यौपानेले मन्तव्य राख्नुभएका थियो । नगर प्रमुख मिना कुमारी लामाको सभाध्यक्षतामा विशेष नगरसभा बसेकोे हो ।