ललितपुरः सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को १८औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन ललितपुरमा सुरु भएको छ । आज शुक्रबार र भोलि शनिबार दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले अकोरावको नयाँ समिति चयन गर्नेछ ।
अधिवेशनमा देशभरबाट तीन सय भन्दा बढी संख्याका रेडियो प्रतिनिधिको सहभागिता रहेको छ भने सामुदायिक रेडियो अभियानमा सक्रिय छिमेकी मुलुक भारतसहित अष्ट्रेलिया र जापानका प्रतिनिधि पनि सहभागी छन्। भारत, अष्ट्रेलिया र जापानका प्रतिनिधिले रेडियो अभियान, अभ्यास र आगामी सम्भावनाका बारेमा आ–आफ्ना प्रयास बारे जानकारी गराएका थिए ।
अकोरावका अध्यक्ष अर्जुन गिरीले नेपालमा सामुदायिक रेडियो अभियानको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।