मन्त्रालयले जारी गरेको सुचना

हेटौँडाः संविधान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले बुधबार एक सुचना जारी गर्दै असोज ३ गते संविधान दिवसको अवसरमा मकवानपुर जिल्ला भित्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि निबन्ध लेखन प्रतियोगिता गर्न लागेको जनाएको छ ।

मकवानपुर जिल्ला भित्र सञ्चालित क्याम्पसका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले “संविधान कार्यान्वयनका नौं वर्षः उपलब्धि र चुनौति” विषयमा निबन्ध लेख्न अनुरोध गरेको छ । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु मध्ये प्रत्येक क्याम्पसबाट १ जना छात्र र १ जना छात्रा गरी बढीमा २ जना प्रतियोगितामा छनोट गर्न सुचनामा उल्लेख गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीको नामावली भदौ ३० गतेसम्म निर्देशनालयमा इमेल मार्फत पठाउनुपर्ने छ । प्रतियोगिता असोज १ गते शिक्षा विकास निर्देशनालयको सभाहलमा हुनेछ ।