शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी विद्यार्थीहरु ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीमा रहेको प्रजा आधारभूत विद्यालयलाई खेलकुद सामग्री प्राप्त भएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले वार्षिकोत्सवको अवसरमा सोमबार विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभयो ।

संस्थाले आफ्नो एक्काइसौं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई खेलकुद सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । सोही अनुरूप सोमबार विद्यालयलाई विभिन्न खेलको सामग्रीहरू हस्तान्तरण गरेको छ । विद्यालयलाई फुटबल, भलिबल, चेस, लुडो, क्रिकेट सामग्री आदि विद्यालयलाई हस्तान्तरण गरेको प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर प्रजाको पनि उपस्थिति रहेको थियो । खेल सामग्रीले विद्यालयमा दैनिक विद्यार्थी दर बढ्ने आशा रहेको सुनारले जानकारी दिनुभयो । सीमान्तकृत र जनजातिको बाहुल्यता भएको र आर्थिक स्थिति पनि कमजोर भएको विद्यालयमा विभिन्न संघसंस्था, क्लब, गाउँपालिकाको सहयोगमा विद्यालय सञ्चालन भइरहेको उहाँको भनाइ छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ३ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।