हेटौँडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) र प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एकैपटक अवकासमा गएका छन् । ३० वर्षे सेवा अवधि पूरा गरी डिआईजी विष्णुकुमार केसी र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवि पौडेल अवकाशमा जानु भएको हो । ३० वर्षे सेवा अवधि पूरा गरी केसी र पौडेल अनिवार्य अवकासमा जानुभएको हो ।
शनिबार रातिबाट ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकासमा जानुभएका उहाँहरुको आइतबार बिदाइ गरिएको छ । बिदाई कार्यक्रममा एसएसपी पौडेल भने सहभागी हुनुहुन्न थियो । पारिवारिक समस्याका कारण उहाँ बिदाई कार्यक्रममा उपस्थित हुन नसक्नु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । डिआजी केसी र एसएसपी पौडेलले प्रहरी सेवा असईबाट थाल्नु भएको थियो । उहाँहरुको अवकाससँगै बागमती प्रदेश प्रहरीको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा रेग्मीले सम्हाल्नु हुनेछ ।
३० वर्षे सेवा अवधि विरुद्ध ९० प्रहरी अधिकृतहरु अनिवार्य अवकासमा गएका छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेर सेवा अवधि पूरा गरी अवकाशमा जानेमा डीआईजी केसी र एसएसपी पौडेल सहित ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । एसएसपीहरुमा दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, रवीन्द्र रेग्मी, दिल्लीराज विष्ट र वीरबहादुर ओली छन् ।
प्रहरी उपरीक्षक (एसपी)हरु अवदेश विष्ट, कृष्ण प्रसाईं र हिराबहादुर पाण्डेसहित अवकाशमा गएका छन् । यता सशस्त्र प्रहरीका डीआईजीहरु अभि खत्री, दुर्गा भट्टराई र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराईसहित १८ जना अवकाशमा गएका छन् । १०५ टोलीमा भर्ना भएर उनीहरु सशस्त्रमा गएका थिए । अवकाश हुनेमा १५ जना डीएसपी छन् । नेपाल प्रहरीबाट सशस्त्रमा आएका १८ जना अवकाशमा गएको छन् । अवकाश भएका अधिकृतहरू ५० देखी ५२ वर्ष उमेर समूहका छन् । सेवा अवधिका विरुद्धमा उनी सहितका प्रहरी अधिकृतहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा उनीहरु अवकाशमा गएका हुन् । भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको थियो । सो आदेश न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले खारेज गरेका थिए ।