हेटौंडाः मानवसेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ४ सय ३६ जनाले रक्तदान गरेका छन् । आश्रमले देशको १८ स्थानमा एकसाथ रक्तदान कार्यक्रम आयोजना गरेको मानवसेवा आश्रम मकवानपुरकी उपाध्यक्ष उमा भण्डारीले जानकारी दिनुभयो ।
देशभर भएको रक्तदान कार्यक्रममा सबैभन्दा धेरै नेपालगञ्जमा ३३ जनाले रक्तदान गरेको भण्डारीले बताउनुभयो । यसैगरी सर्लाही, झापा र कास्की जिल्लामा ३२–३२ जनाले रक्तदान गरेका छन् । ललितपुर र विराटनगरमा ३०–३० जनाले रक्तदान गरेका छन् । काठमाडौंमा २८ जना, हेटौँडामा २७ जना, जनकपुरमा २६ जना र गोरखामा २५ जनाले रक्तदान गरेको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, रुपन्देहीमा २३ जना, भक्तपुरमा २१ जना, लमजुङ र वीरगञ्जमा २०–२० जनाले रक्तदान गरेका थिए । धनगढी र बागलुङमा भएको रक्तदान कार्यक्रममा १६–१६ जनाले रक्तदान गरेका छन् । दाङमा १४ जना र सुुर्खेतमा ११ जनाले रक्तदान गरेको भण्डारीले बताउनुभयो । मानवसेवा आश्रमले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।