हेटौँडाः बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहिबार विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । गत साउन १६ गते प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले प्रमाणीकरण गर्नुभएको हो ।
प्रमाणीकरण भएपछि अब यो विधेयक “विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१“ को नाममा रहनेछ । विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्दतिलाई सरल तथा सहज बनाउँदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने मुलभूत उद्देश्यले यो विधेयक निर्माण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।