हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षाअन्तर्गत प्राविधिक धारतर्फको परीक्षा आज बिहीबार सकिँदैछ । साउन २३ गतेदेखि सुरु भएको परीक्षा साधारण धारतर्फ मंगलबार सकिएको थियो ।
सिद्धार्थ माध्यमिक विद्यालय परीक्षा केन्द्रमा प्राविधिक धारतर्फका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा सञ्चालन भइरहेको छ । मकवानपुर जिल्लाका एक सय एक जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । प्राविधिकतर्पmको ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फारम भरेका एक सय ६ जनामध्ये ५ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएको परीक्षा फोकल पर्सन सरला अधिकारीले जानकारी दिनुभयो ।
ग्रेडवृद्धि परीक्षाको पहिलो दिन (गत बुधबार) अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको थियो । अनिवार्य अंग्रेजीको ग्रेडवृद्धि परीक्षाका लागि मकवानपुर जिल्लाबाट एक हजार ६ सय ४ जना विद्यार्थीले फारम भरेकोमा एक हजार ५ सय १० जना विद्यार्थी परीक्षामा उपस्थित भएका थिए । ९४ जना विद्यार्थी भने अनुपस्थित भएका छन् ।
दोस्रो दिन गत बिहीबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । अनिवार्य नेपालीको ग्रेडवृद्धि परीक्षाका लागि जिल्लाबाट ५ सय ७५ जना विद्यार्थीले फारम भरेको थिए । फारम भरेकामध्ये ६ सय ३१ जना विद्यार्थी परीक्षामा उपस्थित भएका थिए भने ४४ जना विद्यार्थी परीक्षा अनुपस्थित भएका थिए ।
परीक्षाको तेस्रो दिन शुक्रबार अनिवार्य गणित विषयको परीक्षा भएका थियो । परीक्षाका लागि २ हजार ७ सय २७ जनाले परीक्षा फारम भरेकोमा ४७ जना विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा २ हजार ६ सय ८० जना विद्यार्थी उपस्थित भएका थिए ।
शनिबार भएको विज्ञान तथा प्रविधि विषयको परीक्षाका लागि एक हजार ८ सय ३ जनाले परीक्षा फारम भरेकोमा ३८ जना अनुपस्थित भएका हुन् । एक हजार ७ सय ६५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
आइतबार सामाजिक विषयको परीक्षा भएको थियो । परीक्षाका लागि ९ सय ८५ जनाले परीक्षा फारम भरेकोमा ९ सय ५८ जना उपस्थित भएका थिए । २७ जना विद्यार्थी अनुपस्थित भएका थिए ।
यस्तै, सोमबार ऐच्छिक प्रथम विषयको परीक्षा भएको थियो । परीक्षाका लागि १ हजार ६ सय ९४ जनाले परीक्षा फारम भरेकोमा एक हजार ६ सय ४५ जना विद्यार्थी उपस्थित भएका थिए । परीक्षामा ४९ जना विद्यार्थी भने अनुपस्थित भएका थिए ।
मंगलबार भएको ऐच्छिक द्वितीय विषयको परीक्षाका लागि ९ सय ८२ जनाले परीक्षा फारम भरेकोमा ९ सय ४६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ३८ जना विद्यार्थी भने अनुपस्थित भएका थिए ।
मकवानपुर जिल्लाबाट एसईई ग्रेडवृद्धि परीक्षाका लागि ३ हजार ८ सय ५७ जना विद्यार्थीले फारम भरेका थिए । परीक्षाका लागि जिल्लामा ८ वटा केन्द्र तोकिएको थियो । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाको श्रमिक माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, भूटनदेवी माध्यमिक विद्यालय, बालजागृति ईङ्गलिस बोर्डिङ स्कूल र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा केन्द्र तोकिएको थियो ।
यस्तै, बकैयाको बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडे, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय पालुङमा केन्द्र तोकिएको थियो ।