रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा १२ जना महिला र २७ जना पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्रका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले पनि रक्तदान गर्नुभएको थियो । सहकारीले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको छ ।

यस्तै आगामी महिना भदौ २ गते हेटौँडा–६ स्थित कृष्ण प्रणामी मन्दिर र भदौ ८ गते हेटौँडा–४ स्थित कृष्ण प्रणामी मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरिँदै छ ।