खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा–५, सानोपोखरास्थित हाम्रो घर बालगृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । बुधबार सहकारीले १२ औँ वार्षिकोत्सवको अवसरमा बालगृहलाई खाद्यान्न सहयोग गरेको हो ।

जिल्ला सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ र प्रतिफल सहकारीका अध्यक्ष दिलिश गोविन्द जोशीले बालगृहमै पुगेर सञ्चालक इन्दिरा न्यौपानेलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको हो । १० हजार रुपैयाँ बराबरको चामल, दाल, तेल, तरकारी, चाउचाउ र बिस्कुट सहयोग गरिएको सहकारी व्यवस्थापक विनोद पौडेलले जानकारी दिनुभयो । बालगृहमा ३५ जना बालबालिका रहेका छन् । सहकारीमा एक हजार ९ सय सेयर सदस्य रहेका छन् ।