हेटौँडाः मकवानपुरका दुई महिला सहकारीकर्मीलाई सम्मान गरिने भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले दुई सहकारीकर्मीलाई सम्मान गर्ने भएको हो । आइतबार सम्पन्न संघको पाँचौ स्थापना दिवसको अवसरमा संघले सम्मान गर्ने १४ जनाको नाम घोषणा गरेको छ । जसमा मकवानपुरका दुई जना पर्न सफल भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठका अनुसार आगामी कार्तिकमा हुने संघको बागमती प्रदेशको साधारणसभाको अवसरमा मकवानपुरका दुई जनासहित १४ जनालाई सम्मान गरिनेछ ।
बचत संघको प्रदेश समितिले पूर्व सञ्चालकतर्फ संघको प्रदेश समितिकी पूर्व उपाध्यक्ष एवम् मकवानपुर जिल्ला संघकी निवर्तमान अध्यक्ष राधा सिन्तान र उत्कृष्ट महिला व्यवस्थापकतर्फ बचत तथा ऋण सहकारी संघ मकवानपुरकी व्यवस्थापक सुमित्रा वाईबालाई सम्मान गर्ने भएको छ । दुवै जनालाई नगद १०–१० हजार रुपैयाँसहित सम्मान गरिने जनाएको छ ।