हेटौँडाः मकवानपुरको थाहा नगरपालिकाका ३ जना युवा चितवन जिल्लाको भरतपुर महानगरपालिकामा अचेत अवस्थामा भेटिएका छन् । भरतपुर महानगरपालिका–१० स्थित होटल आगमनमा उनीहरु अचेत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
होटलमा नशालु पदार्थ सेवन गरी अचेत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले नशालु औषधी सेवन गरी अचेत अवस्थामा भेटिएका थाहा नगरपालिका–४, पालुङका २४ बर्षीय राज कुमार घले, २२ बर्षीय रोहन खत्री र २३ बर्षीय अनिश खत्रीलाई प्रहरीले उद्दार गरी अस्पताल पठाएको जनाएको छ । मंगलबार राती १० बजेर ४५ मिनेटको समयमा उनीहरुलाई अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।