हेटौँडाः नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । एमालेको नेतृत्व गर्दै प्रदेश सरकारमा सहभागी हुने प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

किरण थापालाई स्वास्थ्य मन्त्रालय, कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।

नेपाली कांग्रेसका बहादुर सिं लामाको नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुँदैछ । प्रदेश सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र नेकपा एमालेले ६ मन्त्रालय लिने सहमति भएको छ । एमालेतर्फ मन्त्रीको जिम्मेवारी समेत तोकिसक्दा नेपाली कांग्रेसले भने मन्त्री चयन गर्न सकेको छैन ।