
हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले पालिका खेलकुद विकास समितिको अध्यक्षमा रहर सिं थिङलाई नियुक्त गरेको छ । सोमबार गाउँपालिकाले खेलकुद विकास समिति कार्यविधि २०७७ को दफा ४ को १ (क) अनुसार थिङलाई अध्यक्ष नियुक्त गरेको हो ।
समितिका निवर्तमान अध्यक्ष टिकालाल श्रेष्ठले स्वेच्छिक रुपमा राजिनामा दिनुभएपछि समितिको अध्यक्ष पद रिक्त रहेको थियो । समितिको अध्यक्ष पद रिक्त भएपछि गाउँपालिकाको असार ३ गते बसेको कार्यपालिका बैठकले नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त अध्यक्ष थिङलाई गाउँपालिकाका अध्यक्ष सर्केश घलानले नियुक्ती पत्र प्रदान गर्नुभएको छ । थिङ बागमती खेलकुद विकास समितिको चौथो अध्यक्षको रुपमा नियुक्त हुनुभएको हो । थिङ बागमती–४ का निर्वमान वडाध्यक्षसमेत हुनुहुन्छ ।