हेटौँडाः नेपाल कम्युनिस्ट पार्टी समाजवादी (एस) को प्रथम हेटौँडा नगर कमिटी बैठक शनिबार भएको छ । हेटौँडा–४ स्थित पार्टी कार्यालयमा बसेको बैठकले नगर भेलाको समीक्षा र जिम्मेवारी बाँडफाँड गरेको छ ।
पार्टीकी नगर अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा बसेको बैठकले नगर सचिव सफल अधिकारीलाई संगठन तथा स्कुल विभाग प्रमुखको जिम्मेवारी दिएको छ । यसैगरी उपसचिव देवेन्द्र पराजुलीलाई आर्थिक विभाग प्रमुख, नगर सदस्य तथा प्रेस सङ्गठनका जिल्ला उपाध्यक्ष गोबिन्द प्रसाद न्यौपानेलाई सुचना तथा प्रचार–प्रसार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । बैठकमा पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको प्रमुख आतिथ्य रहेको थियो ।