हेटौँडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले सेवा निवृत्त शिक्षकहरुलार्ई सम्मान गरेको छ । आइतबार गुरु पूर्णिमाको अवसरमा हेटौंँडा–२ स्थित सिद्धार्र्थ माध्यमिक विद्यालयको सभाहलमा एक समारोहकाबीच सेवा निवृत्त शिक्षकहरुबाट पनि ज्येष्ठताको आधारमा १० जना निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको हो ।
निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष सीताराम दहालको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान कार्र्यक्रम भएको हो । भाषा शिक्षक सम्मान–२०८१ बाट घनश्याम सापकोटालाई सम्मान गरिएको छ । मकवानपुर जिल्लाको सामुदायिक विद्यालयमा २०४८ सालदेखि २०७२ सालसम्म निम्न माध्यमिक तथा माध्यमिक तहमा नेपाली भाषाको शिक्षण मार्फत नेपाली भाषाको सेवा गरेको भन्दै राम सावित्री निवृत्त भाषा शिक्षक सम्मान–२०८१ बाट सापकोटालाई सम्मान गरिएको हो ।
यस्तै शिक्षक सेवामा लामो समयमा जीवन अर्पण गर्र्नुहुने वनमाली सुवेदी, विशाल कुमार विडारी, शिवदयाल यादव, कृष्णप्रसाद न्यौपाने, इन्द्रमणि गौतम, माधव प्रसाद ढकाल, राम नरेश यादव, बद्री प्रसाद गौतम र गोपी प्रसाद न्यौपानेलार्ई सम्मानपत्र समर्पण गरिएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्र्नुहुँदै नगर प्रमुख लामाले शिक्षक समाज सेवानिवृत्त वौद्धिक समूह भएकोले शिक्षा क्षेत्रमा सल्लाह सुझावबाट अगाडि बढ्नका लागि नगरपालिकाको मार्फतबाट आफूले सक्ने सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
समाजका अध्यक्ष दहालले सेवानिवृृत्त भएर बस्नुहुने शिक्षकहरुलार्ई समाजमा आवद्ध भएर आफूमा भएको ज्ञान, सीपलाई समाजमा जीवित राख्न अनुरोध गर्नुभयो । कार्र्यक्रममा शिक्षक समाजका केन्द्रीय सचिव अभिमन्यु गौतम र जिल्ला समन्वय समितिका सदस्य खड्कबहादुर पुलामीको विशिष्ठ आतिथ्य रहेको थियो ।