पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेलाई किटव्याग हस्तान्तरण गरिँदै ।

हेटौंडाः आर्किड क्लोथिङ्ग स्टोरका सञ्चालक ओम चौलागाईंले हेटौंडा–५ स्थित पिप्ले युवा क्लबलाई खेलकुद सामग्री सहयोग गर्नुभएको छ । बुधबार सञ्चालक चौलागाईंले क्लोथिङ्ग स्टोरमा पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेलाई फुटबलका लागि आवश्यक किटब्याग हस्तान्तरण गर्नुभएको हो ।

पिप्ले युवा क्लबले सञ्चालन गरिरहेको पिप्ले फुटबल टे«निङका लागि १५ हजार रुपैयाँ बराबरको ४० थान किटब्याग सहयोग गरेको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । क्लबको प्रशिक्षणमा सहभागी हुने प्रशिक्षार्थीलाई प्राप्त सामग्रीले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पिप्ले युवा क्लबका प्रशिक्षकसमेत रहनुभएको अध्यक्ष घिमिरेले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने गर्नुभएको छ । उहाँले गत बैशाख महिनाबाट हेटौंडा–५ का फुटबल खेलप्रति रुचि भएका खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गर्नुभएको हो । प्रशिक्षणमा बिहान ६ बजेदेखि ८ बजेसम्म ४० जना बालबालिका सहयागी हुने गरेका छन् ।

यसअघि घिमिरेले आफ्नो बुबा सुदर्शन घिमिरेको स्मृतिमा ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री तथा जर्सी बालबालिकाहरुलाई सहयोग गर्नुभएको थियो । क्लबले सञ्चालन गरेको प्रशिक्षणमा सहभागी हुने प्रशिक्षार्थीहरुका लागि सहयोग आउने क्रम जारी रहेको अध्यक्ष तथा प्रशिक्षक घिमिरेले बताउनुभयो ।