हेटौंडाः आगामी साउन ५ गते शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्ज–२०२४ हुने भएको छ । हेटौंडा राइडर्स क्लबको आयोजनामा कोरा साइकल च्यालेन्ज हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष विकास ताम्राकारले कोरा साइकल र्यालीको बारेमा जानकारी दिनुभएको छ । करिब ५० किलोमिटर दुरीसम्मको यात्रा पूरा गर्ने गरी आयोजना गर्न लागेको कोरा साइकल ¥यालीमा १२ वर्षभन्दा बढी उमेर समूहका महिला तथा पुरुषहरुले सहभागिता जनाउन पाउने अध्यक्ष ताम्राकारले बताउनुभयो ।

कोरा र्यालीमा मकवानपुरसहित आसपासका जिल्लाहरु बारा, पर्सा, चितवन, काठमाडौंलगायतका ठाउँहरुबाट दुई सय जना राइडर्सले नामदर्ता गराइसकेको उहाँले बताउनुभयो । मकवानपुरबाट २ सय र अन्य जिल्लाबाट २५ जनाले नाम दर्ता गराइसकेको उहाँले बताउनुभयो ।

२ सय ५० जनाभन्दा बढी राइडर्स सहभागी हुनसक्ने कोरा साइकल र्यालीमा प्रतिव्यक्त २ सय रुपैयाँको दरले दर्ता शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकालाई साइकलसँग जोडेर तीर्थस्थल र स्थानीय बस्तीहरुलाई पहिचान गराउने उहाँले बताउनुभयो ।

साइकल र्याली हेटौंडा–१० स्थित भूूटनदेवी मन्दिरबाट सुरु भएर हेटौंडा बजार, सानोपोखरा, वनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी सालकपार्क, राजदेवी हुँदै एक्लेखेतमा खाना खाएर हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ, बुद्धचोकबाट राइडर्स चोकमा कोरा र्याली सम्पन्न गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार र्यालीमा सहभागी राइडर्सलाई निःशुल्क जर्सी तथा समापन कार्यक्रममा मायाको चिनो र प्रमाणपत्र पनि प्रदान गरिने उहाँको भनाइ छ । मकवानपुर जिल्ला साइकल संघको सहकार्यमा र हेटौंडा उमहानगरपालिकाको मुख्य सहयोगमा हुने कोरा साइकल ¥यालीमा ५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ ।

कोरा र्यालीका लागि क्लबका स्वयम्सेवकहरुले व्यवस्थापन, नेपाल प्रहरीहरुले सुरक्षा र ट्राफिक प्रहरीहरुले ट्राफिक व्यवस्थापन गर्ने उहाँको भनाइ छ । मनोरञ्जन तथा व्यायाम र पेट्रोलिय पदार्थ खपत न्यून गर्न र्याली आयोजना गरिएको अध्यक्ष ताम्राकारले बताउनुभयो । हेटौंडा नगरलाई साइकलको माध्यमले स्वस्थ, जीवन्त र सहज राख्ने उद्देश्यले पनि साइकल र्यालीको आयोजना गरेको उहाँले बताउनुभयो । क्लबले विगत ७ वर्षदेखि कोरा साइकल र्यालीको आयोजना गर्दै आएको छ ।