सामुहिक तस्बीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५ को वडा कार्यालयले ५ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै वडाले पिप्ले स्वास्थ्य चौकीका ५ जना स्वयंसेविकालाई साइकल वितरण गरिएको वडा सदस्य रञ्जिता सिलवालले जानकारी दिनुभयो ।

वडाको वार्षिक कार्यक्रम अनुसार घरदैलो कार्यक्रम गर्दा स्वयंसेविकालाई आवतजावत गर्न सहज होस भन्ने उद्देश्यले साइकल हस्तान्तरण गरिएको जनाएको छ । कार्यालयले स्वयंसेविकाहरुलाई १४ हजार ३ सय ७५ रुपैयाँको साइकल उपहार दिएको हो । वडाले स्वयंसेविकाहरुलाई मोबाईल, छाता, चपल्ल लगाएतका सामग्रीहरु सहयोग गर्दै आइरहेको छ । सहरी स्वास्थ्य केन्द्रकी प्रमुख सुस्मिता थापाको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।