हेटौंडाः हेटौंडा–५ स्थित मनकामना ‘ख’ टोल विकास संस्थाले एक घर एक फलफूलका विरुवा कार्यक्रम सञ्चालन गरेको छ । गत सोमबारदेखि संस्थाले उक्त कार्यक्रम सुरु गरेको हो ।
संस्थाकी कोषाध्यक्ष देवकी खत्रीका अनुसार संस्थाभित्रका तीन सय घरपरिवारलाई फलफूलका विरुवा प्रदान गरिएको छ । बिग्रँदै गरेको वायुप्रति सकारात्मक सुधार र विषादीयुक्त फलफूल बजारबाट किन्नुपर्ने अवस्थालाई केही मात्रमा भएपनि कम गर्ने उद्देश्यले संस्थाले फलफूलका विरुवा वितरण गरेको उहाँले बताउनुभयो ।
संस्थालाई मकवानपुरगढी गाउँपालिकास्थित धादिङ डिभजन वन कार्यालयले ९० वटा आँप, ८० वटा लिची र २० वटा एभोकाडोका कलमी विरुवा प्रदान गरेको । यस्तै, डिभिजन वन कार्यालय मकवानपुरले १ सय आँप र ५० कागतीको कलमी विरुवा प्रदान गरेको छ ।