हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भित्रका ३० घर डुबानमा परेको छ । शुक्रबार रातीबाट परेको निरन्तरको वर्षासँगै वडाभित्रका ३० घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
वडाभित्रका घरहरु डुबानमा परेपछि शनिबार दिउँसो ३ बजेको समयमा प्रवक्ता भण्डारीका कमाण्डमा टोली खटिएर उद्धार गरिएको छ । घर डुबानमा पर्दा मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार डुबानबाट के–कति क्षति भयो भन्ने विवरण आउँन बाँकी छ ।
यस्तै शनिबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अविरल वर्षाको कारण गोठ भासिएर क्षती भएको छ । बिहान ११ बजेको समयमा गढी–२ स्थित छाप कृपिडाँडाका सन्त बहादुर घलानको गोठ भासिएको हो । गोठभित्र रहेको ४ वटा गाई सकुशल रहेको स्थानीयसँग समवन्य गरी उद्धार कार्य थालेको प्रहरी जनाएको छ ।