हेटौंडाः ऋषिराम उपाध्याय पोखरेलको अनुभूतिका आँखाहरु (अनुस्मरण) विषयक पुस्तक सार्वजनिकीकरण सामारोह शनिबार हुँदैछ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा समारोह हुन लागेको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभयो ।
कार्यक्रम हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सभाहलमा हुनेछ । पुस्तकमा पोखरेलले शिक्षा क्षेत्रमा बिताएका, जीवनमा भोगेका अनुभवको बारेमा उल्लेख गरिएको छ । सामारोह हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा हुनेछ । पुस्तकको समीक्षा घनश्याम घिमिरे, शान्ति प्रियवन्दना र देवराज तिवारीले गर्नु हुनेछ ।