हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कोहल्वी नगरपालिका–८ मधुवन घर भई हाल चितवन जिल्लाको खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने ३० वर्षीय पुजन राम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार बिहान ४ बजेर १५ मिनेटको समयमा सुनाचुरीस्थित खयरघारीबाट लोथर बजारतर्फ पैदल फर्कने क्रममा लडेर पुजन घाइते भएका थिए । घाइते पुजनलाई उपचारका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा राती ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।