हटाएर निरङ्कुशताको कालो बादल
जब उदायो लोकतन्त्रको सूर्य
तब भत्कियो सरदारहरूको
एकदलीय शासनको पर्खाल
त्यसैले त कल्पवृक्ष हो हाम्रो
बहुदलीय जनताको जनवाद
मिलेर विचारका नदीहरू
बने विविधताको सागर
गुन्जिए सबैको आवाज
जप्दै समावेशिताको मन्त्र
उठे सिमान्तकृतहरू जुट्टेहरू पनि
नाचे निस्फिक्री नाच
गाउँदै परिवर्तनको गीत
खुल्ला बजारको हावाले
फुकायो अर्थतन्त्रको पङ्ख
रोपियो विकासको बीउ
र झुले लहलह समृद्धिको फसल
वीर अस्पतालदेखि गाउँका क्लिनिकहरूसम्म
जोडिए स्वास्थ्य संस्थाको पुल
बलियो शिक्षाको दियो
दरबार हाई स्कुलदेखि गाउँ स्कुलसम्म
बन्यो सूचनाको राजमार्ग
बन्यो विचारको स्वतन्त्र प्रवाह
गुन्जियो साफ्टासम्म नेपालकै नाम
र त कल्पवृक्ष हो
हाम्रो जनताको बहुदलीय जनवाद ।
आज
नरोपेको भए जनताले कल्पवृक्षको बीउ
फल्ने थिएनन् सपनाहरू
पलाउने थिएनन् नेपालको कोपिलाहरू
र फक्रिने थिएनन् स्वतन्त्र र परिवर्तनका दिउलहरु
तर
अझै कठिन छ गोरेटो हटाउनु छ
भ्रष्टाचारको गोरेटो र अस्थिरताको ढुङ्गा
सिंहदरबारदेखि सुदूरपश्चिमसम्म
समातेर हाँगो
जनताको बहुदलीय जनवादको
बसेर यही कल्पवृक्षको छहारीमा
फलाउनु छ नयाँ नेपालको सपना