हेटौँडाः हेटौँडा–१०, बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति मकवानपुरले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका छन् ।
पार्टीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार र सोमबार पूर्वाधार अनुगमन, सोमबार कार्यक्रमको बारे जानकारी, मंगलबार वृक्षरोपण र बुधबार हेटौँडा–४ स्थित हुप्रचौरमा सरसफाइ कार्यक्रम गरिएको संयोजक विशाल राज महतले बताउनुभयो । शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समापन हुनेछ । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा रास्वपाका प्रदेश प्रवक्ता उत्सव अर्याल र जिल्लाका सभापति भरत पराजुली लगायतको उपस्थिति रहेको थियो ।
शुक्रबार पतञ्जली योग समितिको आयोजनामा रोयल पार्टी प्यालेसमा र शनिबार हेटौंडा–८, कमानेमा अस्तित्व ब्यान्डको आयोजनामा रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक प्रसाद दहालले जानकारी दिनुभएको छ ।