हेटौँडाः हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड भोलि शुक्रबार बन्द रहने भएको छ । बोर्डले बिहिबार एक सुचना जारी गर्दै कार्यालयको सहयोगी पदमा कार्यरत कर्मचारी दिल बहादुर चौलागाईको निधनप्रति शोक व्यक्त गर्दै शुक्रबार एक दिन कार्यालयमा शोक बिदा गरिएकोले कार्यालय बन्द रहने जनाएको छ ।
चौलागाईको हृदय घातका कारण बुधबार मकवानपुर सहकारी अस्पतालमा निधन भएका थियो । चौलागाई ६ वर्षदेखि बोर्डमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताउनुभयो । शुक्रबार कार्यालयबाट प्रवाह हुने खानेपानी उत्पादन÷वितरण बाहेक अन्य सेवाहरू बन्द रहने बोर्डले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।