हेटौडाः हेटौंडा बजारको अजरअमररोडमा बिहिबार दिउँसो ट्राफिक प्रहरी सलह जस्तै एक हुल आए । नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकलका हेल्मेट लिएर हिँडे । ट्राफिक प्रहरी यसरी आए कि लाग्थ्यो उनीहरु सर्वसाधारणलाई जरिवाना तिराउनु छ । लकडाउन यता ट्राफिक प्रहरीले सवारी साधनको सुरक्षाजाँचमा खासै ध्यान दिएको थिएन । लकडाउन खुकुलो भए पनि निजी सवारी साधनलाई जोर विरोज प्रणाली लागु गरिएको छ । जोर विजोर प्रणाली लागु गराउन ट्राफिक प्रहरीले जिम्मेवारी नै ठोनका छैनन् । तर, लामो समयदेखि वास्ता नगरिएको क्षेत्रमा सलह झैं एक हुल आए हेल्मेट उठाएर जरिवाना तिराउन लागे ।
नो पार्किङमा रोक्नु गलत हो । तर, आग्रह गरेर त्यसो नगर्न पनि ट्राफिक प्रहरीले सक्थे, सक्नुपथ्र्यो । ट्राफिक प्रहरी नागरिकको सेवाका लागि नभई नागरिकलाई सिकाउन र नसिके सिधै जरिवाना गराउन हिँडेका छन् । ट्राफिक प्रहरी नागरिकको सेवा र सहजताका लागि गठन गरिएको राज्यको निकाय होइन कि राज्य कति बलियो हुन्छ भन्ने सिकाउन र नागरिकलाई सताउन बनेको संरचना जस्तै लाग्दो छ ।