हेटौँडाः हेटौँडा–१९, बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयका ४० जना स्काउटका विद्यार्थीलाई १९ नम्बर वडा कार्यालयले स्काउटको पोशाक सहयोग गरेको छ । मंगलबार विद्यालय परिसरमा वडा अध्यक्ष नरनाथ सुवेदीको उपस्थितिमा विद्यार्थीलाई पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक प्रवोध विडारीले जानकारी दिनुभयो ।
वडा कार्यालयले एक लाख लागतमा ४० जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल १ हजार ७ सय जना विद्यार्थी अध्ययनरत छन् ।