तालिम पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–१९, बस्तीपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा पाठ्यक्रम प्रबोधीकरण तालिम सम्पन्न भएको छ । सोमबार विद्यालयले आयोजना गरेको तालिममा कक्षा ३ सम्म अध्यापन गराउने १० जना शिक्षकको सहभागिता रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक पूण्यशिला श्रेष्ठले जानकारी दिनुभयो ।

एकीकृत पाठ्यक्रम कार्यान्वयनमा ल्याउने उद्देश्यले तालिम आयोजना गरिएको श्रेष्ठले बताउनुभयो । विद्यालयले गतवर्ष पनि यस्तो तालिमको आयोजना गरेको थियो । तालिमको प्रशिक्षण माधव गौतमले गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीको प्रमुख आतिथ्य तथा विद्यालयका शिक्षा संयोजक राममणि बर्तौलाको आतिथ्य रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल एक हजार ७ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।