हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मुख्यमन्त्री जनता कार्यक्रमलाई कार्यक्रमका लागि २१ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चितवनको माडी, दोलखाको जिरी, सिन्धुलीको दुधौलीमा प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।
प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा समुदायस्तरसम्म सेवा प्रवाह गर्नका लागि ४९ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । विपन्न असहाय, सिमान्तकृत समुदायका नागरिकको निःशुल्क स्वास्थ्य बीमाका लागि ११ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
३०० सैय्या अस्पताल संचालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । चितवनस्थित आयुर्वेदिक औषधालयबाट औषधी उत्पादनका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी गराउनुभएको छ । स्वास्थ्य मन्त्रालयका लागि ४ अर्व ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।