हेटौंडाः बागमती प्रदेश सरकारले बागमती सार्वजनिक विश्वविद्यालयको संरचना निर्माण र शैक्षिक कार्यक्रम संचालनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभामा शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशको सामुदायिक विद्यालयलाई आवसीय मोडलमा संचालनका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
सहयोग आपेक्षी सडक मानवको पुनः स्थापनाका लागि बजेट विनियोजन गरिएको उहाँको भनाई छ । गरिबसँग प्रदेश सरकार भन्ने नाराका साथ कृषि तथा साना उद्यमका लागि व्याज अनुदानका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका लागि ३ अर्व ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।