फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा असार २३ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सुरु हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिको शनिबार सम्पन्न प्रधानाध्यापकहरुसँगको अन्तरक्रियापछि प्रथम त्रैमासिक परीक्षाको मिति तोकिएको समितिका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभएको छ । अन्तरक्रियामा ४५ वटा विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो । बैठकमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको समीक्षा समेत गरिएको थियो ।

बैठकले शिक्षक, विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप समेत गर्ने निर्णय गरिएको अध्यक्ष लुइटेलले जानकारी दिनुभएको छ । शिक्षकका लागि दौड प्रतियोगिता आयोजना गर्ने, विद्यार्थीका लागि हाजिरीजवाफ, कविता प्रतियोगिता र चित्रकला प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष लुइटेलले बताउनुभयो । साविक स्रोत केन्द्रस्तरमा ४ वटा क्लस्टरमा पहिलो चरणको प्रतियोगिता गरेर नगरमा दोस्रो तथा फाइनल प्रतियोगिताको आयोजना गरिनेछ ।

यस्तै नगरस्तरीय शैक्षिक समन्वय समितिले समितिमा सबै विद्यालय आवद्ध हुन पनि आव्हान गरेको छ । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयलाई सदस्यस्ता शूल्क ३ सय रुपैयाँ तोकेको छ भने ८ कक्षासम्म चलेको विद्यालयलाई ५ सय रुपैयाँ र १२ कक्षासम्म चलेका विद्यालयलाई १ हजार रुपैयाँ आवद्धता शूल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।