हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले बुधबार बालश्रमविरुद्ध दीप प्रज्वलित गरेको छ । वडाले २० वर्षपारी जिम्मेवारी र रोजगारी भन्ने मुल नाराका साथ दीप प्रज्वलित गर्दै बालश्रमविरुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा वडा बालमैत्री सम्पर्क व्यक्ति गीता त्रिपाठीले ४ नम्बर वडालाई बालमैत्री घोषणा गर्ने तयारी भइसकेको बताउनुभयो । उहाँका अनुसार वडाले बालबालिकालाई अन्तरक्रिया गराउने, अतिरिक्त क्रियाकलापमा अगाडि राख्ने, बालबालिकाको क्षमता विकास गर्ने कार्यक्रम गरिरहेको बताउनुभयो । वडाले डेढ वर्षदेखि अभियान चलाउँदै आएको छ भने विभिन्न बाल समूह बनाएको छ ।