सांकेतिक तस्वीर ।

हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५, सुब्बा गाँउमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया निरु श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

श्रेष्ठ आइतबार राती खाना खाई सुतेकोमा सोमबार बिहान ३ बजेको समयमा गर्मी भई गाह्रो भयो भनी बिरामी भएकी थिइन् । श्रेष्ठलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।