हेटौँडाः महालेखापरीक्षकको कार्यालयले बागमती प्रदेश प्रमुखको कार्यालयमा वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बिन्दु बिष्टले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७९÷०८० को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी तयार गरिएको बागमती प्रदेशको “छैठौं वार्षिक प्रतिवेदन, २०८१” प्रदेश प्रमुख समक्ष पेश गरिएको हो ।