हेटौँडाः मकवानपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सूर्यप्रसाद सेढाईको काभ्रेपलाञ्चोक जिल्ला सरुवा भएको छ भने गृह मन्त्रालयमै रहनुभएका सहसचिव तीर्थराज चिलुवाललाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयले एकसाथ २५ जना सहसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयले मकवानपुरकी स्किम श्रेष्ठलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । श्रेष्ठ गृह मन्त्रालयमै हुनुहुन्थ्यो ।