स्टार्ट अप तथा उद्यमशीलता सम्बन्धी सरकारको नीति तथा कार्यक्रम बारे जानकारी गराउनु हुँदै ।

हेटौँडाः उद्योग संघ मकवानपुर र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा नवप्रवर्तन उद्यम विकास सम्मेलन सुरु भएको छ। बुधबार र बिहीबार २ दिन सञ्चालक हुने सम्मेलन हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभयो। उद्योग संघ मकवानपुरका अध्यक्ष बर्दिनाथ शर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

सम्मेलनमा स्टार्ट अप तथा उद्यमशीलता सम्बन्धी सरकारको नीति र प्रयत्न, व्यवसायमा आर्टिफिसियल इन्टरलिजेन्स, डिजिटल मार्केटिङको विषयमा सरकारी अधिकारी र विज्ञको प्रस्तुती रहनेछ भने उद्यमशीलताका चुनौति, स्टार्ट अप र उद्यमशीलतामा महिला विषयमा समूह छलफल हुनेछ ।

सम्मेलनमा सहभागीका योजनाको प्रस्तुती तथा स्टार्ट अप तथा उद्यमशीलता सम्बन्धी अभिप्रेरणामूलक प्रस्तुती रहनेछ । सम्मेलनमा मकवानपुर, चितवन, काठमाडौं, सिन्धुली, रामेछाप, नुवाकोट र धादिङ जिल्लाका उद्यमी, व्यवसायी, विद्यार्थी, व्यवसाय गर्न चाहने युवाको सहभागिता रहेको छ ।