हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१२, चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा उक्त सडकखण्ड अन्तर्गत ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
कार अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खस्दा ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दिप शाह, रौतहट जिल्लाको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक शाह र मकवानपुरको भीमफेदी गाउँपालिका–८ का ६५ वर्षीय प्रेम बहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते तीनै जनाको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।