हेटौँडाः मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, चुरियामाईबाट लागुऔषध ओनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ का ३१ वर्षीय मिथुन चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार राति ११ बजेर १० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटाँैडाबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–०२० प ९९९१ नम्बरको स्कुटरलाई सुरक्षाजाँच गर्दा ३२ बोतल लागुऔषध ओनरेक्स बरामद गरेको थियो । लागुऔषध ओनरेक्ससहित चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।