हेटौंडाः बागमती प्रदेशसभा बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौधौं अधिवेशन बैशाख ३१ गते सोमबार अपरान्ह १ बजेलाई आह्वान गर्नुभएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख शर्माले संसद् अधिवेशन आह्वान गर्नुभएको हो । बजेट अधिवेशनको रूपमा रहेको सो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस हुनेछ । गत वैशाख १२ गते राति १२ बजे प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।