हेटौँडाः मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोसामाजिक परामर्श प्रवोधीकरण कार्यक्रम भएको छ । शुक्रबार विद्यालयमा शिक्षकका लागि एक दिने मनोसामाजिक परामर्श प्रवोधीकरण भएको प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक भवनाथ गौतमले प्रवोधीकरणमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीसँग उनीहरुको मसस्या बुझ्ने, विद्यालयको गतिविधिका बारेमा छलफल भएको थियो । यस्तै, विद्यालयका विद्यार्थी दूव्र्यसनमा परेका, विद्यालयमा झैझगडा गर्ने खालका विद्यार्थीलाई सम्झाई–बुझाई गरेर अध्ययनमा जोड दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । शिक्षक प्रतिनिधि गौतमले मकवानपुरगढी गाउँपालिकाले दिएको २ दिने प्रशिक्षणबाट विद्यालयका शिक्षकहरुलाई प्रस्तुतीकरण दिनुभएको हो । कक्षा १० सम्म अध्यापन हुने गरेको विद्यालयमा ४ सय ३२ जना विद्यार्थी रहेका छन् भने २० जना शिक्षक रहेका छन् ।